महिलालाई महराको म्यासेज,‘आई एम सरी, फर्गेट एस्टर्डे’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 11:49:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाईबरमा भएको कुराकानी बाहिरिएको छ । ‘हाम्रा कुरा डटकम’ले शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गर्दै उनीहरु दुईबीच भाइबरमार्फत भएको म्यासेज कुराकानी देखाईएको छ । 

अंग्रेजी क्षर ‘एम सर वान’ (महरा सर १ हुनसक्ने) नाममा सेभ गरिएको भाइबर नम्बरबाट आएका म्यासेज महिलाले देखाएकी थिईन् । कुराकानीमा महराले महिलासँग माफी मागेका छन् । महराले म्यासेजमा लेखेका छन्, ‘फर्गेट एस्टर्डे ।’ आइतबार साँझ घटना भएको भनिएको छ । महराले भोलिपल्छ सोमबार बिहान ८ः०८ बजे गुड मर्निङ, उठ्नु भयो, फर्गेट एस्टर्डे, आई एम सरी भनेका छन् । 

त्यसको जवाफमा महिलाले ८ः३८ बजे मुख छाडेकी छिन् । उनले म्यासेजमा सबैतिर तेरो र्‍युमर फैलाउँछु भन्दै चेतावनी दिएकी छिन् । मुख छोडेर म्यासेज गरेकी उनले महरालाई भनेकी छिन्, ‘तँ न माफीको लायक भइस्, न मायाको लायक ।’ 

तर एम सर वान नाममा सेभ गरिएको भाईबर नम्बरबाट आएको म्यासेज महराले नै पठाएको हो कि होइन भन्ने प्रष्ट छैन । तर पहिलो भिडियामो भने महराले लगातार फोन गरेको दृश्य देखाईएको थियो । ती महिलाले आफ्नो मोबाइलमा ‘एम सर’ भनेर सेभ गरेको मोबाइल नम्बर भने ९८५१११६४५६ थियो ।

ती महिलाले महराले आफूलाई करणी गरेको आरोप लगाएको भिडियो बाहिरिएपछि उनले सभामुखबाट राजीनामा दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved