महरा प्रकरणमा को दोषी ? को निर्दोष ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 04:27:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घट्नाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाए । तर, अहिले अनुशन्धानलाई अन्तै मोड्न खोजिएको पनि उनको आशंका छ । 

पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाए । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाईल’ नहुने पौडेलको भनाई छ । शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामो नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको उनको तर्क छ । महराले स्वयम्ले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले महरा पितासरहको मान्छे भन्नुको अर्थ नभएको पनि उनको टिप्पणी छ । 

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महरा–शाही प्रकरण नेपालको राजनीतिक ईतिहासमै अनौठो घट्ना भएको सुनाए । उनले भने,‘संसद अहिले चालु छैन् । संविधानको धारा ९१ मै सभामुख र उपसभामुख फरक लिङ र फरक पार्टीको हुने व्यवस्था छ । अब त्यही हुनुपर्छ ।’

 उनले महराले राजीनामा दिएपछि सभामुखको पद स्वतः खाली भएको बताए । उनले भने,‘संसदको विन्टर सेसन सुरु भएपछि जानकारी गराएर सभामुखको निर्वाचनमा संसद जान्छ ।’ रोशनी शाहीको अभिव्यक्ति नि फरक–फरक आएकोले बलात्कार भएको हो कि होईन भन्ने कुरा अनुशन्धान हुुनुपर्ने बताए । राजीनामा कहिलेपनि शर्तसहित नहुने भन्दै उनले राजीनामा शर्तरहित हुने स्पष्ट पारे । 

उनले भने,‘बलात्कार भएको हो कि होईन भन्ने कुरा अनुशन्धानबाट मात्रै थाहा हुन्छ, शाहीले जाहेरी नदिएपनि उनले नै हटलाईनमा सम्पर्क गरेर घट्नाको बारेमा जानकारी गराएकोले अनुशन्धान (प्रहरी) को जारी रहन्छ । यसमा लिखित उजुरी वा किटानी जाहेरी चाहिँदैन् ।’ पौडेलले आरोपको स्टेटमेन्ट बदलियो भने शाहीपनि दोषी हुने टिप्पणी गरे । 

कार्यक्रममा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुखको राजीनामा नै स्विकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिएपनि अब सभामुखमा फर्किने सम्भावाना नभएको भट्टराईको दाबी छ । 

उनले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङ्गको हुनुपर्ने पनि बताए । अहिले संसद चालु नभएकोले अब चल्ने अधिवेशनमा संविधानबमोजिम निर्वाचन हुने उनले स्पष्ट पारे । भट्टराईले यो प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुशन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुशन्धान हुन्छ, तर, पछिल्लो बयानले शाहीमाथि पनि अनुशन्धान सुरु गर्नुपर्छ । उनीमाथि विद्युतीय कारोवार ऐनअनुसार कारवाही हुनुपर्छ ।’

उनले मन लाग्यो भन्दैमा कसैको ईज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाईने स्पष्ट पारे । उनले यदि शाही डिप्रेसनको विरामी हो भने त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताए । उनले भने,‘महिलाको पनि ईज्जत छ, पुरुषको पनि ईज्जत छ । रोशनीजीको कुन चाहीँ स्टेटमेन्ट सही हो ?’ उनले शाहीले महरामाथि लगाएको आरोप पुष्टि भयो भने कसुरअनुसार सजाय हुनेपनि जिकिर गरे । उनले भने,‘यौन दुव्र्यवहार, गाली गलौज, बलात्कार यी सबैमा कसुरअनुसार सजाय हुन्छ, बलात्कारको केसमा अधिकतम १५ वर्ष सम्म सजाय हुन्छ, सामान्य यौन दुव्र्यवहार हो भने ३ वर्ष र कुटपिट छ भने १ वर्षसम्म सजाय हुन्छ । कुन खालको अपराध हो, त्यो हरेर सजाय हुन्छ।’

शाहीले आफू डिप्रेसनको विरामी भएको भन्ने कुरा पत्यारलाग्दो नभएको पनि उनको भनाई छ । उनले भने,‘यदि उहाँले भनेजस्तो हो भने यो कुरा मानसिक सन्तुलन गुमाएको कुरा चिकित्सकबाट प्रमाणित हुनुपर्छ ।’ उनले शाहीको भनाईलाई पनि अनुशन्धान गर्नुपर्ने बताए । 

संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएकोले अब उक्त पदको लागि निर्वाचन हुनैपर्ने स्पष्ट पारे । उनले भने,‘सभामुखको राजीनामा शसर्त हुँदैन् । राजीनामा भनेको राजीनामा नै हो । अब सभामुख पद रिक्त भयो । निर्वाचन हुनैपर्छ ।’

बहुदलीय प्रणाली भएकोले सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने उनको भनाई छ । उनले यो प्रकरणमा ‘फस्ट ईन्फरमेशन’ का आधारमा प्रहरीले आफ्नो प्रतिवेदन दर्ता गर्नुपर्ने बताए । उनले भने,‘फस्ट ईन्फरमेशनका आधारमा प्रहरीले अनुशन्धान गर्नुपर्छ ।’ पीडित भनिने महिलाले अलग–अलग अभिव्यक्ति दिएपनि पहिलो सुचनाको आधारमा प्रहरीले अनुशन्धान सुरु गर्नुपर्ने उनको जिकिर छ । 

अहिले शाहीले बयान फेरेको कुरालाई उनले ‘एक्स्ट्रा जुडिसियल डकुमेन्ट’ भएको पनि बताए । यदि यो प्रकरणमा महराले क्लिन–चिट पाए महराको सांसद पद सुरक्षित रहनेपनि उनको भनाई छ । निर्दोष सावित भएपछि सांसद पद सुरक्षित हुने भएकोले सभामुखको निर्वाचनमा पार्टीले उम्मेद्धवार बनाएर सभामुख बन्नपनि सक्ने उनको तर्क छ । 

उनले शाहीको बाहिर आएको पहिलो भिडियाको आधारमा महराले सभामुखबाट राजीनामा दिएको बताए । यदि पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए उनलाई साईबर क्राईमको मुद्दा चलाउन सकिनेपनि उनको तर्क छ । शाहीमाथि यदि कसैले ज्यान मार्ने धम्की दिएको हो भने पनि कसले धम्की दिएको भन्नेबारे अनुशन्धान हुनुपर्ने ज्ञवालीले स्पष्ट पारे । 

कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएनकी महासचिव लक्ष्मी दाहाल रावलले शाहीमाथि जवरजस्ती करणी भएको हो कि दुव्र्यवहारमात्रै भएको हो भन्ने यकिन भएपछि दोषिमाथि सोहीअनुसारको सजाय हुने तर्क गरिन् । यो प्रकरणमा के भएको हो ? भन्ने कुरा सत्य, तथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ । उनले भनिन्,‘यो घट्नाबारे सिंगो राष्ट्र नै जानकार छ । भोलि त्यस्तो घट्ना नहोस भनेर यो प्रकरणमा सत्य, तथ्य बाहिर आउनुपर्छ ।’

उनले उक्त घट्नाको चित्तबुझ्दो तरिकाले सेटलमेन्ट गर्नुपर्ने तर्क गरिन् । उनले भनिन्,‘यो त सभामुखको चरित्रहत्या मात्रै होईन, देशको बेईज्जति भएको छ । आरोपको आधार हेरेर छानबिन हुनुपर्छ ।’ शाहीले आफू डिप्रेसनको विरामी भनेर बोलेको कुरामा पनि चिकित्सकबाट प्रमाणित हुनुपर्छ । मानसिक रोगी भएको भए सरकारी जागिरेको लागि कसरी योग्य भईँन् ?।’

उनले सत्ताको शक्तिले उक्त घट्नालाई मोड्न नहुनेपनि ध्यानाकार्षण गराईन् । उनले महिलालाई अन्याय भएको भए न्याय दिनुपर्ने र महरालाई पनि गलत आरोप लगाईएको हो भने प्रतिष्ठामा आँच पुगेको सुनाईन् । 

मध्यरातमा रोशनीको २२ स्ट्याटस, महरा निर्दोष भन्दै नेम्वाङलाई कारबाही माग

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved