महारामाथि प्रहरी छानबिन नहुने, पिडितले दिईन यस्तो 'निवेदन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 07:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख तथा सांसद पदबाट राजिनामा दिएका कृष्णबहादुर महरामाथि प्रहरी छानबिन नहुने भएको छ। यौन दुव्र्यवहारको आरोप लगाएकी रोशनी शाहीले आफु 'डिप्रेसन' को विरामी भएको भन्दै प्रहरीमा निबेदन दिएपछि महारामाथी छानबिन नहुने भएको हो। 

महराको राजिनामापछि बोलि फेरेकी शाहीले आज महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसनको विरामी भएको र मिडियामा आएको विषय  थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन्।

यौन दुव्र्यवहारको आरोप मिडियाबाट बाहिरीएपछि महराले सभामुख तथा सांसद पदबाट राजिनामा दिएका थिए। महराले राजिनामा दिएकै दिन शाहीले बोलि फेर्दै यस्तो कुनै घटना नभएको र आफुले कुनै आरोप नलगाएको भन्दै एक मिडियामा अन्तर्वार्ता दिएपछि घटनाले नयाँ मोड लिएको हो।

महराले दिएको राजिनामा स्वीकृत भईसकेको छ। यति मात्र नभई बुधबार संसद सचिवालयले महराले राजीनामा दिएकाले पद रिक्त भएको सूचना पनि निकालेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved