डेरा खोज्दै महरा, सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 04:33:02 PM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुविधा फिर्ता गरेका छन् । महराले सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी र गाडीको सुविधा फिर्ता गरेका हन। महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सुविधा फिर्ता गरेको जानकारी दिएका हुन् ।

महराले सभामुखको हैसियतमा बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । त्यो गाडी बिहिबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको मल्लले जनाएका छन्  ।

त्यस्तै महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा खटिएका १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएका ११ जना प्रहरी फिर्ता भएका छन्। मल्लका अनुसार महराले बालुवाटार स्थिति सरकारी निवास पनि छोड्ने  भएका छन् । निवास छोड्न महराले डेरा खोजिरहेको मल्लले बताए । 

संसद सचिवालयमै कार्यरत कर्मचारीबाट यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले राजीनानमा दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved