महराविरुद्ध बलात्कारको उजुरी दर्ता, पक्राउको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2019 | 11:50:20 AM मा प्रकाशित

laxmi  sunrise bank

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको छ । पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन।

रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी बताइएको छ। गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । 

घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको बताइएको छ। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । 

रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएको खुल्न आएको छ। बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ।   

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् ।

प्रहरी अधिकारीका अनुसार रोशनीले उजुरी दर्ता गराएपछि महरालाई पक्राउ गर्ने तयारी भएको छ। उच्च प्रहरी स्रोतकाअनुसार आइतबार अदालतबाट पक्राउ पुर्जी लिने प्रहरीको तयारी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved