महरा प्रकरण 'ब्रेक' गर्ने पत्रकार शिवाकोटीलाई ईन्जा साहसी पत्रकारिता पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2019 | 07:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार अजयबाबु शिवाकोटीलाई यसवर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ। इन्जाले एक विज्ञप्ती मार्फत शिवाकोटीलाई पुरस्कार प्रदान गर्ने जनाएको हो।

नेपाल प्रेस युनियनका महासचिब समेत रहेका हाम्राकुरा डटकमका सम्पादक शिवाकोटीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएको एक महिलाको भिडियो सार्वजनिक गरेका थिए। गगन थापाको समेत सहयोग रहेको भनिएको हाम्रा कुरा डटकमले रोशनी शाहीको भनाई बाहिर ल्याएपछि उत्पन्न घटनापछि महराले सभामुख पदबाट राजिनामा दिएका छन। हाल महरालाइ अनुसन्धानको लागि थुनामा राखिएको छ।  

यो पनि: महरा प्रकरणमा गगन 'कनेक्सन', यी हुन मध्यरातमा सूचना चुहाउने 'दीदी'


विज्ञप्तीः
नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा)ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ । ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७, २०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो ।
नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुँदै गएको समयमा सो समाचारले नेपालको मर्यादाक्रममा चौथों स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न वाध्य मात्रै वनाएनकि हाल उनीलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेको छ ।
नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरु विरलै प्रकाशित भएका छन् । ईन्जा यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ । समाचार प्रकाशनसंगै सम्पादक शिवाकोटीको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भइरहेकोले ईन्जा उहाँको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह समेत गर्दछ ।अन्तमा, विजयादशमी २०७६ का उपलक्षमा ईन्जा सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।
धन्यवाद ।
ईन्जा मुख्यालय
वासिंङ्टन डिसी, अमेरिका ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved