चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक र राजकीय हुन्छ: प्रधानमन्त्रीका सल्लाहकार डा भट्टराई

रासस

रासस

Oct 09, 2019 | 08:18:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले चिनियाँ राष्ट्रपतिको दुईदिने नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेल्वेसम्बन्धी सम्झौता हुने बताएका छन। 

सम्झौताका लागि अहिले दुवै देशका उच्चस्तरीय अधिकारीबीच संवाद निरन्तर भइरहेको जानकारी दिँदै भट्टराइले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमण ऐतिहासिक र राजकीय भ्रमण भएकाले विशेष महत्वको हुने बताए।

यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्वीकारेर चिनियाँ राष्ट्रपतिले आगामी शनिबार गर्ने भ्रमाणले दुई देशका साथै जनताबीच बलियो सम्बन्ध बनाउने बताउँदै उनले कूटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता कायम हुँदै गइरहेको बताए। शनिबार नै चिनियाँ राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको जनाइएको छ । 

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिले स्वदेशमा गर्न लागेको भ्रमणलाई पार्टीले स्वागत गर्ने बताए। उनले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको हुँदा पारस्परिक हितमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए। सरकारले बीआरआई परियोजनालाई कुशलतापूर्वक कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिँदै नेता महतले चिनियाँ लगानी नेपालमा आमन्त्रण गर्न सकिए दुई देशबीच रहेको व्यापार घाटा घटाउन सकिने विचार व्यक्त गरे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved