चिनियाँ राष्ट्रपतिको स्वागतमा ३० किलोमिटर सडक मर्मत, खाल्डाखुल्डी बाँकी नराख्न निर्देशन

रासस

रासस

Oct 10, 2019 | 03:33:14 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको कुनै पनि सडकमा खाल्डाखुल्डी बाँकी नराख्न दिएको निर्देशनका आधारमा काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्री महासेठले आज राजधानीका विभिन्न स्थानका सडकको अनुगमन गर्दै सडक सुधारका लागि निर्देशन दिएका थिए। 

आठ मिटरभन्दा बढी चौडाइका सडक मन्त्रालयअन्तर्गतका निकायले सुधारको काम गरिरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए। त्योभन्दा कम चौडाइमा काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले काम गरिरहेका छन् । उनले भने, “मन्त्रालय र महानगर मिलेर मुख्य सडकमा कतै पनि खाल्डा बाँकी नराख्न लागिएको छ ।”

मन्त्रालयले हेर्ने सडक निर्माण सडक विभाग र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेका छन् । दशैँ तिहारका समयमा वर्षेनी सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको प्रवक्ता ज्ञवालीले बताए। माइतीघरदेखि तीनकुनै सडकमा पर्ने बिजुलीबजार र तीनकुने पुल सम्पन्न भइसकेका छैनन् । यी दुई पुलमा भने सरकारले फोटो टाँसेको देख्न सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved