महरा सांसदबाट निलम्बित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2019 | 06:46:06 PM मा प्रकाशित

laxmi  sunrise bank

यौन दुर्व्यहारको अभियोगमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सांसद पदबाट समेत निलम्बन भएका छन। फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको संघीय संसद सचिवालयले जनाएको छ। संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना बिहीबार जारी गरेका छन।

प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था छ । महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसद पदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो । निलम्बनसँगै महराको सांसदको हैसियतमा पाउने सेवा–सुविधासमेत रोक्का हुनेछ।

संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले यौन दुर्व्यहार गरेको जाहेरी दिएपनि महरालाई अनुसन्धानको लागि भन्दै हिरासतमा लिइएको छ। शाहीले आफूमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमतिमा महरालाई सभामुखकै सरकारी निवासबाट आइतबार पक्राउ गरी हिरासतमा राखेको छ । यौन दुर्व्यहारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।  

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved