फोटो भाइरल भएपछि उपमेयर थापाको प्रतिक्रिया, ‘बिरामी बुबाको खुसीका लागि खुट्टा उचालेँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 08:25:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले आफ्ना पीतालाई खुट्टा ढोगाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रतिक्रिया दिएकी छिन् । दशैँमा टिका लगाएपछि उनले ट्वीटरमा राखेको तस्बिर यतिबेला भाइरल छ । 

दशैँको टिकाको दिन राती ९ः२८ बजे ट्वीटरमा पोष्ट गरिएको उक्त तस्वीरमा ओछ्यानमा सुतिरहेका बुबाले छोरीको खुट्टा ढोगेको देखिन्छ । खुट्टा ढोगाउने छोरी उपप्रमुख थापा भने हाँसेको देखिन्छ । उनले उक्त तस्बिर ट्वीटरमा राख्दै लेखेकि छिन्, ‘टीका जमरा र बाबाको आशिर्वाद पछि । हाम्रो संस्कार चेलिबेटीको खुट्टा ढोग गर्ने चलन । बाबाको माया । ह्याप्पी दसैँ २०७६ ।’


उक्त तस्बिरमाथि आलोचना गर्दै प्रतिक्रिया आएपछि उनले पुनः ट्वीट गरिन्, ‘तपाईंहरुले यो फोटोमा के देख्नु भयो कुन्नि ? मैले यो फोटोमा बाबाको माया, हाम्रो संस्कार (चेलिबेटि ढोग्ने) अझ भन्नु पर्दा बाबा स्वास्थ्यले निको हुनुहुन्न । तर, उहाँको जिद्धिपना ढोग्ने हात दिदा पनि नमान्दा खुट्टा यसरी उचाल्नु पर्यो । अनि एक छिन हाँसो पनि भयो । त्यहि हाँसो सेयर ।’

‘फोटो हेर्दा केही अस्वभाविक जस्तो लाग्न सक्छ । तर विरामी बुबाले खुट्टा नै ढोग्छु भनेपछि मैले खुट्टा दिएँ, बुबाले ढोग्नु भयो र म हाँसे’ उनले भनिन्, ‘हाम्रो पनि आफ्नो संस्कार र संस्कृति छ । विरामी बुबाले ओछ्यानबाट नै टिका लगाईदिनु भयो, त्यसपछि खुट्टा नै ढोग्छु भनेर जिद्दी गर्नुभयो, बुबाको खुसीको लागि मैले खुट्टा उचाल्न बाध्य भएँ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved