घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने पक्राउ

रासस

रासस

Oct 11, 2019 | 08:42:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार, युवक मण्डलले जिल्लाको पूर्वी दक्षिणी सीमा क्षेत्रमा अवस्थित मटिहानी नगरपालिकाका व्यापारीलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी रहेको भन्दै धम्क्याउने, तर्साउने र उनीहरुसँग रकमसमेत असुल्ने कार्य गर्दै आएको थियो । 

प्राप्त गोप्य सूचनाका आधारमा व्यापारीसँग रकम असुली गरिरहेकैबेला उनलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका मण्डललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved