सिन्धुपाल्चोक दुर्घटना अपडेटः मृतकको संख्या ११ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 10:17:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तमाङले हाल उद्वारको काम भईरहेको बताएका छन् । 

मृतकको सनाखत भने हुन सकेको छैन । घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ । गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल पठाइएको छ । 

इन्द्रावती गाउँपालिको सिपाटारबाट काठमाडौ आउँदै गरेको हेलम्बु यातायातको ना २ ख २७१५ नम्बरको बस सडकबाट करिब २  सय मिटर तल खसेको थियो । बसमा ७० भन्दा धेरै यात्रु रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved