सिन्धुपाल्चोक दुर्घटनाः मृतकको संख्या १४ पुग्यो (अपडेट)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 12:43:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपामा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुगेको छ । बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ र अस्पताल लैजाने क्रममा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि लैजाने क्रममा सिपाघाटमा ३ र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको हो । ४० जनाभन्दा बढी घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । 

मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ की हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । धुलिखेल अस्पतालमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कोटीको मृत्यु भएको छ । बाँकीको सनाखत हुन सकेको छैन । 

बस बिहान करिब १० बजे ब्रेक फेल भएर सडकबाट करिब २ सय मिटर तल खसेको थियो । गाडीमा झण्डै ७० जना यात्रु सवार रहेको र कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु चढाएका कारण दुर्घटना भएको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved