महराको बयान स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 06:43:50 PM मा प्रकाशित

laxmi  sunrise bank

यौन दुर्व्यहारको प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान लिने काम स्थगित भएको छ। महराको स्वास्थ्यमा समस्या देखिएपछि बयान लिने काम स्थगित भएको हो। 

प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिनुअघि कुराकानी गर्दा छाति दुखेको बताएपछि महरा बिहिबारदेखि नर्भिक अस्पतालमा उपचारमा छन। 

बयान लिन थाल्दा स्वास्थ्यमा समस्या देखिएको बताएपछि अस्पताल भर्ना भएकाले बयान लिने काम नभएको एक सरकारी वकिलको भनाई छ। उनकाअनुसार आइतबार सार्वजनिक विदा भएकाले सम्भवत त्यसपछि मात्रै बयान हुनेछ। फौजदारी अभियोगमा पक्राउ परेका आरोपितलाई प्रहरीले सरकारी वकिलको रोहवरमा बयान लिनु पर्ने कानुनी व्यवस्था छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता हविन्द्र बोगटीले स्वास्थ्य समस्याका कारण महराको प्रहरी हिरासतकै अवस्थामा नर्भिक अस्पतालमा उपचार भइरहेकाले बयान सुरु हुन नसकेको बताए । उनले भने, ‘बिरामी अवस्थामै त बयान लिन मिलेन नि ।’ बयानबाहेक उजुरीमाथिको अनुसन्धान भने जारी रहेको उनले बताए ।

महारामाथिको आरोप 

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन्। 

उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। यद्दपी उनले आफ्नो भनाईमा अडान लिन सकेकी छैनन्। पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन्। र, दोस्रो भिडियोमा महरा 'बाबुसमान रहेको' भन्दै महरामाथि लागेका सबै आरोपलाई 'षड्यन्त्र' भनेकी थिइन्।

शाहीले महरा 'बाबुसमान' भनेको अन्तर्वार्ता सार्वजनिक भएपछि पहिलो भिडियो सार्वजनिक गर्ने नेपाली कांग्रेसको मुखपत्रको उपमा पाएको मिडियाले पुन: अर्को भिडियो सार्वजनिक गरेको थियो। जसमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई शाहीले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएको दृश्य देखाइएको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved