राष्ट्रपति ‘सी’को सुरक्षाः पहिलो घेरामा नेपाली सेना, २३ हजार प्रहरी तैनाथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 08:03:19 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लदै छन् । उनी अपरान्ह ४ः३० देखि ५ः३० बजेको अवधिमा नेपाल ओर्लने कार्यक्रम छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी शनिबार भारतको चेन्नई अन्तराष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौँ आउनेछन् । 

सुरक्षा प्रवन्ध यस्तो छ 

राष्ट्रपति सीको नेपाल भ्रमण अवधिमा सुरक्षाका लागि ४ वटै सुरक्षा निकाय परिचालन गरिने छन् । सीको सुरक्षाको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारी खटिएका छन् । 

गृह मन्त्रालयका अनुसार पहिलो घेरामा नेपाली सेना रहनेछ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने छ । नेपाली सेनाका प्रवक्ता एवम् सहायकरथी विज्ञानदेव पाण्डेले सुरक्षाको पहिलो घेरामा नेपाली सेनाको लिड रहने पुष्टि गरे । 

दोस्रो घेरामा रहने नेपाल प्रहरी रहने छ । सीको सुरक्षाका लागि १६ हजार प्रहरी परिचालित हुनेछन् । तेस्रो घेरामा सशस्त्र प्रहरी बल रहनेछ । पुल, आकाशेपुल र कल्भर्टमा सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरु परिचालित छन् । करिब ७ हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका मात्रै २३ हजार अधिकारी सीको सुरक्षाका लागि खटिने छन् । नेपाली सेनाले भने आवश्यकता अनुसार सैन्य अधिकारीहरु सुरक्षाका लागि परिचालन गरिने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved