छोटी भन्सार सञ्चालन

रासस

रासस

Oct 12, 2019 | 06:19:51 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटको बङ्कुलमा रहेको छोटी भन्सारको कार्यालय सञ्चालनमा आएपछि व्यापारीलाई सहज भएको छ । करीब पाँच महीनापछि बङ्कुलमा रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा आएको हो ।

लामो समयदेखि कर्मचारी नहुँदा बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा आएपछि व्यापारीलाई सहज भएको छ । भारतबाट सामान आयात गर्दै आएका त्यस क्षेत्रका व्यापारीले राजश्व बुझाउन नपाउँदा सामान चोरी तस्करी गरेर ल्याउने गरेका थिए । चोरी तस्करी बढेको भन्दै प्रशासनको दबाबपछि गौर भन्सार कार्यालयले कर्मचारी पठाएर कार्यालय सञ्चालन गरेको हो ।

जसका कारण भारतबाट आयात गर्ने सामनमा कडाइका साथ जाँच हुने गरेको छ । छोटी भन्सार सञ्चालनमा नआएकै कारण तस्करलाई फाइदा पुगेको स्थानीयवासी बताँउछन् । अहिले कार्यालयमा दुई कर्मचारी बस्न थालेको भन्सार कार्यालय गौरका  भन्सार अधिकृत आशुतोष राईले बताए। कर्मचारी अभावले बङ्कुल छोटी भन्सार सञ्चालन हुन ढिला भएको उनले बताए। अहिले गौर भन्सार र बङ्कुल छोटी भन्सार सञ्चालनमा छ भने अन्य कार्यालय बन्द हुँदा राजश्व प्रभावित भएको छ । भारतसँग सीमा जोडिएको रामपुरखाप, औरैया, ब्रह्मपुरी र मठिया छोटी भन्सार कार्यालय करीब झण्डै १५ वर्षदेखि बन्द छ । 

मन्त्रालयले भन्सार कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी पठाउनुको साटो काजमा कर्मचारी अन्यत्र पठाउने गरेकाले समस्या भएको भन्सार अधिकारीको गुनासो छ ।

यसैबीच रौतहट प्रहरीले अवैध सामानहरु बरामद गरी गौर भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी चौकी बङ्कुलबाट खटिएको टोलीले एक लाख ५० हजार मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवको नेतृत्वमा रहेको टोलीले कपडा तथा भाडाहरु बरामद गरेको हो । बरामद गरिएको सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।

यसैबीच सरमुजवाबाट पनि सशस्त्र प्रहरीले पनि मोटरसाइकलसहित सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल सरमुजवाको टोलीले बिआर ५ एसी ३९३७ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा  पटका बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक दीपनर सिंहले जानकारी दिए। चाडपर्वको समयमा भारतबाट अवैधरूपमा नेपाल सामानहरु भित्रिने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved