काठमाडौंमा सीको भोज: कुरिलोको रस र क्वाँटी, डेजर्टमा इलामको टि र गुल्मीको कफी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 06:29:52 PM मा प्रकाशित

laxmi  sunrise bank

दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय भोज आयोजना गरेकी छन् । रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु तयार पारिएको छ।

शनिबार साँझ सोल्टी होटेलमा आयोजित भोजमा नेपाली परिकारलाई प्रमुख ‘रेसिपी’को रुपमा राखिएको छ। भोजको शुरुवाती परिकारको रुपमा बारा, मम, लुक्ला सिमीसँग भटमास साँधेको राखिएको छ । यी परिकारसँग सुपको रुपमा कुरिलो र क्वाटीको सुपलाई समावेश गरिुएको छ ।

चिनियाँ राष्ट्रपति सीलाई मुख्य नेपाली खानाको रुपमा रहेको दाल, भात, तरकारी राखिएको छ। त्यस्तै भोजमा सुप, एपिटाइजर, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार राखीएको छ ।

सीलाई दिइने भोजमा नेपाली, चिनियाँ र युरोपेली स्वादको मिश्रणको प्रवन्ध गरिएको छ। रात्रिभोजमा करिब २५० जना सहभागी हुनेछन् । जसमा सीका साथमा चिनियाँ उच्च अधिकारीहरु सहभागी हुनेछन् ।

नेपालबाट भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका प्रमुख नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायीसमेत हुनेछन् ।

यस्तो छ राजकीय भोजको मेन्यू:



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved