सीले नेकपाका नेताहरूसँग सामूहिक भेट गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 07:05:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज सत्तारुढ नेकपाका नेताहरुसँग भेट गर्नेछन् । शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरिसकेका राष्ट्रपति सीले आज नेकपाका सचिवालय सदस्यहरूसँग सामूहिक भेटवार्ता गर्ने छन् । भेटमा नेपाली नेताको नेतृत्व नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । भेटवार्ता बिहान १०ः३० बजेका लागि तय भएको छ । 

नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता पनि गर्ने बताइएको छ । त्यसपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश फर्कने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved