चिनियाँ राष्ट्रपति र नेकपाका शिर्ष नेताबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 09:08:33 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ दल नेकपाका शिर्ष नेताहरुको सामुहिक  भेटवार्ता भएको छ । सोल्टी होटेलमा नेकपाका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भेटवार्ता भएको हो ।  छलफलमा प्रचण्ड बाहेक प्रधानमन्त्री केपी ओली,  वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

यस पछि राष्ट्रपति सीले प्रचण्डसंग छुट्टै वान तु वान वार्ता र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसंग वार्ता गर्ने छन्  ।  त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यतालिका छ। त्यस वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । 

शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।  उनी आज दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved