चिनियाँ राष्ट्रपति सी फर्किए लगत्तै प्रधानमन्त्री ओलीको २ ट्वीट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 12:51:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले  दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको बताएका छन् । राष्ट्रपति सी स्वदेश फर्किए लगत्तै उनले भ्रमण सफल भएको बताएका हुन् । 

ट्वीटर संदेशमा उनले लेखक छन् 'मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ। नेपाल भ्रमण गरी नेपााल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु। भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।'



नेपालको दुईदिने भ्रमण पूरा गरी राष्ट्रपति सी आइतबार दिउँसो सवा २ बजे स्वदेश फर्किएका हुन् । उनलाई विमानस्थलमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदस्थहरुले विदाई गरेका थिए  । 

भ्रमणको क्रममा नेपाल र चीनबीच २० सम्झौतामा हस्ताक्षर भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved