सांसद आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताको प्रदर्शन, आलममाथिको आरोप के हो ?

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Oct 13, 2019 | 04:48:00 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहट क्षेत्र नं. २ बाट नेपाली काग्रेंसका निर्वा्चित सासंद तथा पूर्व मन्त्री मोह्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा सँलग्न भएको आरोपमा प्रहरीले उनलाई आज बिहान इद्रीस गेट अगाडि बाट नियन्त्रणमा लिएको हो । एक कार्यक्रममा सहभागी भएर आउदै गरेका सासंद आलमलाई प्रहरीले बाटो बाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा ल्याएको हो ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिन अघि चैत्र २७ गते शेख इद्रीसको घरमा बम विस्फोट हुदा सरुअठाका २४ वर्षिय त्रिलोक प्रताप सिंह र २२ वर्षिय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्री नारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी जाहेरी दिएका थिए । 

सोही मुद्दामा सर्वोच्च अदालत बाट २०६९ जेष्ठ १६ गते, मुद्दाको गम्भीरता पूर्वक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने आदेश भएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत्र ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागी पत्राचार समेत गरेको थियो । २०६४ को संविधान सभा निर्वाचनको पूर्व सँध्यामा भएको सो विस्फोटमा परी घाइते भएकाहरुलाई जिउदै इटा भट्टामा जलाइएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

सर्वोच्च अदालतको आदेश अनुसार आलमलाई पक्राउ गरेर अनुसन्धान कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए । जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भए पछि उनलाई गौर आउने बाटोमा रहेको इद्रीस गेट बाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहटमा गौरमा राखिएको उनले बताए । अदालतमा दायर भएको मुद्दा अनुसार घटनाका मुख्य अभियुक्त सासंद आलम रहेको र अन्यको पनि खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । मुलुकी फौजदारी अपराध संहिता अन्तर्गत ज्यान सम्बन्धी कसुरको महलमा म्याद थप गरेर अनुसन्धान शुरु हुने डिएसपी कार्कीले बताए ।

सासंद आलम पक्राउ परे पछि जिल्ला प्रहरी कार्यालय रौतहटले गौरको सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा प्रहरीको उपस्थीती बाक्लो बनाइएको छ भने अन्य जिल्लाहरु बाट समेत थप प्रहरी बल मदतका लागी बोलाइएको छ ।

यता पूर्व मन्त्री तथा नेपाली कागे्रंसका नेता सासंद आलम पक्राउ परे पछि नेपाली काग्रेंसका नेताहले चर्को विरोध गरेका छन । नेपाली काग्रेंसका नेता तथा परोहा नगरपालिका का मेयर शेख वकिलले प्रहरीले अपहरणकारी शैलीमा नेता आलमलाई पक्राउ गरेको आपती प्रकट गरेका छन । तरुण दलका सभापति शेख नौसाले पनि नेता आलमलाई बिना शर्त सकुशल रिहाइ नगरेमा चर्को आन्दोलनका कार्याक्रम गर्ने बताएका छन भने काङ्रेसकै रामचन्द्र गिरीले साँसद जस्तो व्यक्तिलाई प्रहरीले बिना कुनै सूचना बाटो बाटै जबरजस्ती पक्राउ गरेको भन्दै विरोध जनाएका छन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved