चिनियाँ राष्ट्रपतिको स्वागतमा हड्बडीमा गडबडी: कहाँ चुक्यो नेपाल ? (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2019 | 04:59:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किसकेका छन। नेपालको समृद्धिमा सघाउने बचन दिएर स्वदेश फर्किएसंगै सी को नेपाल भ्रमण सम्बन्धमा चर्चा सुरु भएको छ। 

सी ले आफ्नो नेपाल भ्रमणमा दिएको संदेशको बारेमा जति चर्चा सुरु भएको छ। त्यसैगरि उनको स्वागतमा नेपाल सरकारको तर्फबाट भएका कमजोरीका बिषयमा समेत आलोचना हुन् थालेको छ। 

नेपाल पोर्टोकोलमा निकै संबेदनशिल मानिन्छ। त्यसैले कहिलेकाहीं पोर्टोकोल मिलाउन नजानेकै कारणले केहिले जागिर गुमाएका छन भने केहि झगडाका घटनाहरु समेत बिभिन्न संचार माध्यममा सुन्न र पढ्न पाइन्छ। त्यसमा पनि पछिल्लो संघिय संरचनामा तीन तहका सरकारका प्रतिनिधिबीच बिभिन्न समयमा पोर्टोकोलको बिषयलाई नै लिएर विवाद समेत भएका छन। 

चिनियाँ राष्ट्रपति सी को स्वागतमा समेत पोर्टोकोलको बिषयलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। समकक्षी सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्तिथीसंगै उनको छोरीको उपस्तिथीले पोर्टोकोलमा चासो बढेको हो।

शनिबार अपरान्ह सी काठमाडौं ओर्लदा राष्ट्रपति भण्डारीसंगै उनकी छोरी पनि प्लेनसम्मै पुगेकी थिइन। राष्ट्रपतिसंगै साथमा रहेर उनले चिनियाँ राष्ट्रपतिको स्वागतमा भाग लिएकोमा परराष्ट्रविद तथा पोर्टोकोलका जानकारहरु अचम्मित भएका छन।

नेपालले काठमाण्डौमा १८ औ सार्क शिखर सम्मेलन आयोजना गर्दा त्यो बेला प्रधानमन्त्री रहेका सुशील कोइरालाले कांग्रेस नेतृ सुजाता कोइरालालाई ‘फस्ट लेडी’ बनाएर पोर्टोकोल मिलाएका थिए। तत्कालिन प्रधानमन्त्री कोइरालाले सुजाताको नाम प्रस्ताव गरी परराष्ट्र मन्त्रालय मार्फत पारित गराएर उनको पोर्टोकोललाई औपचारिक रुप दिएका थिए। 

तर कुनै पनि प्रस्ताव तथा निर्णय बिनानै छोरि भएकै कारण पोर्टोकोलको मर्यादालाई मिचेर राष्ट्रपतिको छोरी चिनियाँ राष्ट्रपतिको स्वागतमा विमानस्थलसम्म नै पुग्नुलाई परराष्ट्र विदहरुले सरकारको कमजोरीको रुपमा औल्याएका छन। राष्ट्रपतिकै छोरीको हैसियतमा उनी राष्ट्रपति भण्डारीसंग जान नमिल्ने उनीहरु बताउँछन।      

जबकि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसमेत सीलाई स्वागत गर्न भीभीआईपी लबिमा बसेका थिए । यो सन्दर्भमा राष्ट्रपतिकी छोरी कुन हैसियतले अगाडि पुगिन् भन्ने कुरा अब बहसको बिषय बन्नुपर्ने परराष्ट्रविदहरु बताउँछन। 

स्वागतमा गडबढी 

राष्ट्रपति भण्डारी प्लेनको भर्याङमै पुगेर सी लाई स्वागत गर्ने कार्यक्रम थियो। तर त्यो तयारी पनि पुरा हुन् सकेन। सामान्यता प्लेन ल्याण्ड भइसकेपछि 'हेड अफ द डेलिगेट्स' बाहिर आइपुग्छन। तर शनिबार सी को नेपाल भ्रमणमा भने त्यस्तो देखिएन। 

सी भन्दा पहिले डेलिगेट्स पहिले ओर्लिए। डेलिगेट्स पहिले ओर्लिएपछि पनि नेपालको तर्फबाट एक सहयोगी सी लाई लिन प्लेन भित्र जान खोजेको दृश्य भिडियोमा हेर्न सकिन्छ। प्लेनको भर्याङमा सहयोगीको अलमलले त्यहाँ पुरा तयारि नभएको स्पष्ट देखाउंछ। सम्भवत सी नेपाल आएको प्लेन भित्रबाट कसैले इशारा गरेपछि ति सहयोगी प्लेनको भर्याङबाट ओर्लिए र त्यसपछि मात्र सी एक्लै प्लेनबाट ओर्लिए। 

सी प्लेनबाट ओर्लिने बित्तिकै राष्ट्रपति भण्डारीले पुष्प गुच्छा दिएर उनको स्वागत गरेकी छन। तर राष्ट्रपतिको पछि नभई साइडमा नै बसेर उनको छोरीले सी लाई स्वागत गर्नु आपत्तिजनक भएको जानकारहरु बताउछन।       

उनी टेलिभिजन दृष्यमा राष्ट्रपति भण्डारी भर्याङबाट चढेर प्लेनभित्र गएर सीलाई स्वागत गर्न खोजेको देखिन्छ। तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भर्याङको तल नै रोकिन भण्डारीलाई आग्रह गरिरेहका थिए। नेपाल टेलिभिजनमा यो दृष्य प्रत्यक्ष प्रसारण भइरहँदा प्रस्तोताले पनि राष्ट्रपति भण्डारी प्लेनभित्रै गएर सीलाई स्वागत गर्ने बताइरहेकी थिइन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved