महराको बयान अस्पताल मै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 08:21:58 AM मा प्रकाशित

laxmi  sunrise bank

यौन दुर्व्यहारको प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान अस्पताल मै लिने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएको र उनलाई अस्पतालले डिस्चार्ज गर्न नमिल्ने बताएपछि अस्पताल मै बयानको तयारी गरिएको हो । 

उच्च रक्तचापको समस्या देखिएपछि उनलाई गत बिहीबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार अहिले उनलाई उच्च रक्तचापको साथ साथ सुगर, प्रेसर र बाथ रोगले च्यापेको छ। यस्तो अवस्थामा वयानको लागि बाहिर निस्कन नमिल्ने अस्पतालले जनाएको छ ।  तर चिकित्सकहरुको रोहबरमा अस्पतालभित्र बयान लिन समस्या नहुने भएकोले सोहि अनुसार तयारी भएको हो। त्यसको लागि प्रहरी, सरकारी वकिल कार्यालय र अस्पताल स्रोतबीच सोमबार छलफल हुने अस्पताल स्रोतको भनाइ छ।फौजदारी अभियोगमा पक्राउ परेका आरोपितलाई प्रहरीले सरकारी वकिलको रोहवरमा बयान लिनु पर्ने कानुनी व्यवस्था छ ।

गएको बिहीबार प्रहरीले सरकारी वकिलको कार्यालयमा महरालाई उपस्थित गराएर बयान लिने प्रयास गरेको थियो। बयान सुरु गरेपछि उच्च रक्तचापको समस्या देखिएपछि महरा तुरुन्तै नर्भिक भर्ना भएका थिए।

महारामाथिको आरोप 

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन्। 

उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। यद्दपी उनले आफ्नो भनाईमा अडान लिन सकेकी छैनन्। पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन्। र, दोस्रो भिडियोमा महरा 'बाबुसमान रहेको' भन्दै महरामाथि लागेका सबै आरोपलाई 'षड्यन्त्र' भनेकी थिइन्।

शाहीले महरा 'बाबुसमान' भनेको अन्तर्वार्ता सार्वजनिक भएपछि पहिलो भिडियो सार्वजनिक गर्ने नेपाली कांग्रेसको मुखपत्रको उपमा पाएको मिडियाले पुन: अर्को भिडियो सार्वजनिक गरेको थियो। जसमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई शाहीले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएको दृश्य देखाइएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved