महरालाई अदालत पुर्याईयो, बहसको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 10:48:49 AM मा प्रकाशित

laxmi  sunrise bank

यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा पेश गरिएको छ  ।  उनलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएको हो 

 असोज १९ गते पक्राउ परेका उनलाई दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ । उनको म्याद थप्ने कि नथप्ने विषयमा अदालतमा बहस हुने छ। महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको छ।

महरालाई अस्पतालबाट सिधै अदालत ल्याईएको हो ।  उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई गत बिहीबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार अहिले उनलाई उच्च रक्तचापको साथ साथ सुगर, प्रेसर र बाथ रोगले च्यापेको छ

 महराको डिएनए परिक्षण गरिने भएको छ । आरोपको पुष्ट्याइँ गर्न उनको डिएनए परिक्षण गरिन लागिएको प्रहरी स्रोतले जनाएको छ । 

महरामाथिको आरोप 

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन्। 

उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। यद्दपी उनले आफ्नो भनाईमा अडान लिन सकेकी छैनन्। पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन्। र, दोस्रो भिडियोमा महरा 'बाबुसमान रहेको' भन्दै महरामाथि लागेका सबै आरोपलाई 'षड्यन्त्र' भनेकी थिइन्।

शाहीले महरा 'बाबुसमान' भनेको अन्तर्वार्ता सार्वजनिक भएपछि पहिलो भिडियो सार्वजनिक गर्ने नेपाली कांग्रेसको मुखपत्रको उपमा पाएको मिडियाले पुन: अर्को भिडियो सार्वजनिक गरेको थियो। जसमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई शाहीले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएको दृश्य देखाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved