विमानस्थल तोडफोड गर्ने सांसदविरुद्ध पक्राउ पुर्जी जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 10:54:55 AM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुरधाम विमानस्थलमा  तोडफोड गर्ने सांसद बिरुद्द पक्राउ पुर्जी जारि भएको छ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद  प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालतले मंगलबार पक्राउ पूर्जी जारी गरेको हो। 

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो । अब सांसद साहलाई पक्रन देशभरी पत्राचार गरिनेछ । 

जहाज ढिलो आएको भन्दै उनले सोमबार  विमानस्थलमा रहेको  बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए। बिहान ११ः४० मा जहाज आउनु पर्नेमा दिउँसो १:३० सम्म पनि नआएपछि उनले आक्रोशित भएर काउन्टरमा लात हानेको स्वीकार गरेका छन् । जहाज ढिलो आउँदा एक विरामीलाई समस्या भएपछि आवेगमा आएर तोडफोड  गरेको उनले स्वीकार गरेका छन्

साथै विमानस्थलको विशिष्ट कक्षमा राति  देखिकै प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएको अवस्थामा रहेको र पटक–पटक जनकपुर विमानस्थलको अवस्थाबारे गुनासो गर्दा पनि सरोकारवालाले कुनै वास्ता नगरेको कारण पनि आफु आक्रोशमा आएको उनले बताए । 

साहले लात हान्दा गर्दा काउन्टरको सिसा फुटेको छ।

बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारेका छन् । उनले यस विषयमा सबै यात्रुलाई जानकारी गराए पनि सांसद शाह एक्कासी तोडफोडमा उत्रिएको बताए

तोडफोड गरेका सांसद शाहलाई सुरुमा बुद्ध एयरले विमान प्रवेश मै रोक लगाएको थियो ।  प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले फोन संवादपछि सांसद विमान चढेर काठमाडौ आएका छन्। शाह सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved