पक्राउ परेका कांग्रेस सांसदलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 11:07:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुहिक हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत रौतहटले उनी माथि थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको हो । मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले  म्याद थप गर्ने अनुमति दिएको हो।

 २०६४ सालको चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई रौतहटको गौरबाट आइतबार पक्राउ गरिएको थियो  । आलम रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने ध्ययले बम बनाउन लाग्दा विस्फोट भई घाइते भएका १३ जनालाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेको थियो । 

घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका आफन्तले सर्वोच्च अदालतमा रिट दिएका थिए । तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा आलमसहित ५ जनालाई गिरफ्तार गर्न आदेश दिएको थियो । 

आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री समेत हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved