अर्का सांसद पक्राउ, फेसबुकमा लेखे 'एयरपोर्ट बाट समात्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 11:19:11 AM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद  प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको केही घण्टाको अन्तरालमै उनी पक्राउ परेका हुन् । सांसद साहले पनि आफू पक्राउ परेको फेसबुक वालमा लेखेका छन् ।



जहाज ढिलो आएको भन्दै उनले सोमबार  विमानस्थलमा रहेको  बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए। बिहान ११ः४० मा जहाज आउनु पर्नेमा दिउँसो १:३० सम्म पनि नआएपछि उनले आक्रोशित भएर काउन्टरमा लात हानेको स्वीकार गरेका छन् । जहाज ढिलो आउँदा एक विरामीलाई समस्या भएपछि आवेगमा आएर तोडफोड  गरेको उनले स्वीकार गरेका छन्

साथै विमानस्थलको विशिष्ट कक्षमा राति  देखिकै प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएको अवस्थामा रहेको र पटक–पटक जनकपुर विमानस्थलको अवस्थाबारे गुनासो गर्दा पनि सरोकारवालाले कुनै वास्ता नगरेको कारण पनि आफु आक्रोशमा आएको उनले बताए । 

साहले लात हान्दा गर्दा काउन्टरको सिसा फुटेको थियो।

बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारेका छन् । उनले यस विषयमा सबै यात्रुलाई जानकारी गराए पनि सांसद शाह एक्कासी तोडफोडमा उत्रिएको बताए

तोडफोड गरेका सांसद शाहलाई सुरुमा बुद्ध एयरले विमान प्रवेश मै रोक लगाएको थियो ।  प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले फोन संवादपछि सांसद विमान चढेर काठमाडौ आएका छन्। शाह सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved