महरालाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 04:45:53 PM मा प्रकाशित

laxmi  sunrise bank

यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।   मंगलबार जिल्ला अदालत काठमाडौँले उनलाई थप ३ दिन हिरासत मै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायाधीश दीपक कुमार दाहालको एकल इजलासले म्याद थपको लागि अनुमति दिएको हो ।

सरकारी वकिल कार्यालयको तर्फबाट बहस गर्दै अधिबक्ता उमाकान्त पौडेलले उनी पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिन माग गरेको थिए। सोहि बमोजिम अदालातले अनुमति दिएको हो । महरा १० दिन हिरासतमा बसिसकेका छन् । अदालतको आदेश संगै थप ३ दिन हिरासत मै बस्नु पर्ने भएको छ

महराको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटा लगायतले बन्दी प्रत्यक्षीकरणको मुद्दामा २४ घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेका थिए 


असोज १९ गते पक्राउ परेका महरालाई दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराईएको हो ।  महरालाई अस्पतालबाट सिधै अदालत ल्याईएको हो ।  उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई गत बिहीबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार अहिले उनलाई उच्च रक्तचापको साथ साथ सुगर, प्रेसर र बाथ रोगले च्यापेको छ

 महराको डिएनए परिक्षण गरिने भएको छ । आरोपको पुष्ट्याइँ गर्न उनको डिएनए परिक्षण गरिन लागिएको प्रहरी स्रोतले जनाएको छ । 

महरामाथिको आरोप 

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन्। 

उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। यद्दपी उनले आफ्नो भनाईमा अडान लिन सकेकी छैनन्। पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन्। र, दोस्रो भिडियोमा महरा 'बाबुसमान रहेको' भन्दै महरामाथि लागेका सबै आरोपलाई 'षड्यन्त्र' भनेकी थिइन्।

शाहीले महरा 'बाबुसमान' भनेको अन्तर्वार्ता सार्वजनिक भएपछि पहिलो भिडियो सार्वजनिक गर्ने नेपाली कांग्रेसको मुखपत्रको उपमा पाएको मिडियाले पुन: अर्को भिडियो सार्वजनिक गरेको थियो। जसमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई शाहीले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएको दृश्य देखाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved