अर्थमन्त्री खतिवडा ८ दिनको लागि अमेरिका प्रस्थान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 06:27:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी. मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।  

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुनु हुने कार्यक्रम छ । उनले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने छन् । 

खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावना बारे विस्तृत छलफल गर्नु हुने कार्यक्रम तय भएको छ । 

बैठकमा सहभागी हुने सिलसिलामा संघीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदान प्रदान गर्ने कार्यक्रममा अर्थमन्त्री डा. खतिवडा सहभागी हुने छन् । साथै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने छन् । नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उहाँले द्विपक्षीय भेट गर्ने छन् । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षता समेत अर्थमन्त्री डा. खतिवडाले गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा अर्थमन्त्री डा. खतिवडाले एशियाली विकास बैंकका उपाध्यक्षसँग समेत आपसी सहयोगका विषयमा छलफल गर्ने छन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपाल समेत सहभागी छन् । अर्थमन्त्री डा. खतिवडा कार्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved