नेकपाको संगठन विभागमा तीन सदस्य थप, यस्ता छन सचिवालयका अन्य निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 11:02:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । नयाँ सभामुख कसलाई बनाउने, मन्त्रिमण्डल हेरफेर प्रक्रिया र उपनिर्वाचनबारे छलफल गर्न बसेको बैठकले विभिन्न निर्णय गरेको छ । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टीको संगठन विभागमा ३ जना सदस्य थप गरेको छ । अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागमा थप गरिएको हो । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा मात्र थिए । तीन सदस्य थपिएसँगै नेकपाको संगठन विभाग ५ सदस्यीय बनेको छ । यो विभागले अझै पूर्णता भने पाएको छैन । 

बैठकले आगामी मंसिर १४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका विषयमा सम्बन्धित निर्वाचन क्षेत्रस्तरको कमिटी र जिल्ला कमिटीसँग छलफल गरी ३ जनाको नाम कात्तिक १० गतेभित्र पठाउन प्रदेश कमिटीलाई निर्देशन दिइएको नेकपाले जनाएको छ ।

नगरपालिकाको मेयर/उपमेयर तथा गाउँपालिकाहरूको अध्यक्ष/उपाध्यक्षको उम्मेदवार भने सम्बन्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।

मन्त्री हेरफेर र नयाँ सभामुखमा कसलाई अघि सार्ने भन्ने विषयमा बैठकमा छलफल भएको भनिएपनि निर्णय भने सार्वजनिक गरिएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved