बिजपाटी सम्बाददाता     Oct 16, 2019 | 03:36:51 PM



sunrisebank

प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले आदरार्थी शब्द प्रयोग नगरेको गुनासो पटक पटक गर्ने गरेका छन् । मंगलबार पनि उनी एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मिडियाले 'बाउलाई पनि तिमि भन्छ, तपाई भन्दैन' भन्दै पुन: मिडिया माथि खनिए । 

यस संगै आदरार्थी शब्द प्रयोगबारे सामाजिक संजालमा बहस सुरु भएको छ । ट्वीटर बहसको क्रममा शेयरकष्ट इनिसिएटिभ नेपालका अध्यक्ष मधु आचार्यले पत्रकारितामा सम्वोधन गर्दा 'तपाइ', 'तिमी' र 'तँ' या 'उहाँ' 'उनी' र 'त्यो' सन्दर्भमा कुरा गर्दा धेरैले बिबिसी नेपालीलाइ गुरु मानेको बताउदै यसको जस र अपजस विविसी नेपालीले लिनु पर्ने बताएका छन्।

त्यसको जवाफमा बिबिसी नेपाली सेवाका पुर्व प्रमुख रबिन्द्र मिश्रले आफु प्रमुख हुँदा राजा/राष्ट्रपति/प्रमहरूदेखि सामान्य नागरिकसम्म सबैलाई प्रत्यक्ष संवादमा 'तपाईं' र अप्रत्यक्ष उल्लेख गर्नुपर्दा 'उनी' प्रयोग गर्ने निर्णय गरेको स्वीकार गरेका छन्। पत्रकारिताको दृष्टिकोणबाट सबैभन्दा उपयुक्त शब्द नै 'उनी' भन्ने लागेको उनले दाबी गरेका छन् ।

साथै उनले 'उनी'को प्रयोगले सबै समस्या समाधान गरिदिएको समेत दाबी गरेका छन् । उनी भन्छन् ' अन्यथा राजालाई हजुर, उच्चपदकालाई तपाई, अन्य कयौँलाई उनी भनिन्थ्यो। कोही उच्च पदकालाई हत्या पुष्टि नहुँदा 'उहाँमाथि हत्याको आरोप छ', पुष्टिपछि 'उनले हत्या गरेका थिए', उच्च अदालतले सफाई दिएपछि 'उहाँले सफाई पाउनुभयो' भन्नु पर्ने स्थिति थियो।' 





Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7