मृगौला बेचेको आरोपमा निदान अस्पतालका सिइओसहित ५ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 04:34:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जना पक्राउ परेका छन् । ललितपूरको पुल्चोकस्थित निदान अस्पतालले एक व्यक्तिको नामम अर्कै मान्छेको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।

अस्पतालले एक जनाको मृगौला झिक्ने भनी अर्कै व्यक्तिको मृगौला झिकेर बिक्री गरेको आरोप लागेको छ । सोही आरोपको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved