सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले उनी बिरुद्द पक्राउ पुर्जी जारि गरेको हो ।
दोलखाका सांसद तथा नेकपाका केन्द्रीय सदस्य गुरुङलाई ज्यान मार्ने मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा पुर्जी जारी गरेको हो ।
सांसद गुरुङविरुद्ध वीरध्वज खड्काको जाहेरीले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको मुद्दा दर्ता भएको थियो । १२ भदौ ०७६ मा काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो । सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ भन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ।