विप्लवका दाई सहित उच्च तहका २१ नेता पक्राउ (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 01:13:42 PM मा प्रकाशित

laxmi  sunrise bank

दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा विप्लवका दाजु चन्द्रबहादुर उर्फ वीरगञ्ज पनि छन् ।  उनी केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इञ्चार्ज एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज हुन्। 

अरु को को परे पक्राउ ?

राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास),

राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर),

कार्यालय सचिव सविन पोख्रेल,

जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम),

जिल्ला सेक्रेटरी प्रदीप वली,

युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली),

बुद्धिजीवि सुनिल पौडेल

 क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी 

 क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान),

पूर्वजनमुक्ति सेना तिलक पुन,

दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक,

सदस्य हितप्रसाद रोका,

रोल्पा सदस्य पोष्टमान घर्ती,

दलबहादुर घर्ती,

अमित घर्ती मगर,

बालकृष्ण शर्मा,

जीत क्षेत्री,

रमेश आचार्य,

कुलबहादुर वली र

विष्णु थापा 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved