महावीर पुनको नेतृत्वमा ‘आविष्कार केन्द्र’ स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 06:15:38 PM मा प्रकाशित

laxmi  sunrise bank

‘राष्ट्रिय आविष्कार केन्द्र’ को स्थापना गरिएको छ । वैज्ञानिक महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको आज उद्घाटन गरिएको हो ।

करिब ८ करोडको लगानीमा केन्द्र स्थापना गरिएको हो । नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहेका पुनले जानकारी दिए ।

केन्द्रमा हाल २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको केन्द्रले जनाएको छ । केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ । त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका शहरमा थालिएको छ ।

केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पारे । उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्री पनि केन्द्रले नै उपलब्ध गराउने बताए ।

नेपालको ग्रामीण क्षेत्रमा पहिलो पटक इन्टरनेट पुर्‍याएका वैज्ञानिक पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको पनि नेतृत्व गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved