आलम प्रकरणमा देउवाको विज्ञप्ति,‘अनुसन्धान पूर्वाग्राही नहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2019 | 04:31:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सांसद मोहम्मद आफताव आलम पक्राउ प्रकरणमा फेरि मुख खोलेका छन् । उनले अनुसन्धान पूर्वाग्राहीमुक्त हुनुपर्ने भन्दै यसो भएमा मात्रै कांग्रेसले सघाउने प्रष्ट पारेका छन् । 

यसअघि पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा सभापति देउवाले आलमबारे दिएको अभिव्यक्ति विवादित बनेपछि विज्ञप्ति नै जारी गरि स्पष्टिकरण दिएका हुन् । गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य पत्ता लाग्न बाधा पुग्ने भन्दै उनले ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ तर कानुनी राज्यमा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन’ भनेका छन् ।

‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु’ देउवाले भनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved