मुस्लिम आयोगका अध्यक्षद्वारा पिडित महिलालाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 10:39:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले महोत्तरी जिल्लाकी पीडित महिलालाई आर्थिक सहयोग गरेका छन्। घर भत्किएपछि पालमा बस्दै आएकी कबिलास १ घर भएकी जहिरा खातुनलाई आयोगका अध्यक्ष अन्सारीले शनिबार घरमै पुगेर नगद ५० हजार आर्थिक सहयोग गरेका हुन् ।

उनको घर स्थानीय बद्री ठाकुरले भत्काएर बिचल्लीमा परेको जनगुनासो छ। ठाकुरले पीडित परिवारलाई पटक–पटक दुःख दिँदै आएको जनाइएको छ ।खातुनको समस्याका बारेमा आयोगका अध्यक्ष अन्सारीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता शरतसिंह भण्डारीसँग पनि फोनमा परामर्श गरेका थिए ।

भण्डारीले खातुनलाई न्याय दिने विषयमा आफू तयार रहेको आश्वासन दिएको अध्यक्ष मियाँले बताए । अध्यक्ष मियाँले खातुनलाई न्याय दिएर घरमा बस्ने वातावरण बनाउन आयोगले पहल लिने बताएका छन् ।

खातुनका पति विदेश जाने क्रममा लागेको ८० हजार ऋणका कारण स्थानीय दलालले ६ लाखको कागज बनाइ बस्दै आएको घर भत्काइदिएका थिए । यो मुद्धा अदालतसम्म पुगेको थियो । पीडित खातुनलाई आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रममा शेख फारुख, राजी हैदर, कलाम मुद्धिन अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved