महरालाई आज अदालत लगिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 12:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालत पेश गरिने भएको छ । यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले पाएको म्याद सकिँदा समेत अनुसन्धान नसकिएपछि फेरि म्याद थप गर्ने गरि अदालतमा पेश गर्न लािगएको प्रहरीले जनाएको छ । 

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार यसअघि प्रहरीले पाएको तीन दिन म्यादमा अनुसन्धान पूरा हुन सकेको छैन । त्यसैले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने सुवेदीले जानकारी दिए ।

संसद सचिवालयकी कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved