नेकपाका सांसद पार्वत गुरुङ रिहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 05:20:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङ रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

सांसद गुरुङविरुद्ध वीरध्वज खड्काको जाहेरीले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको मुद्दा दर्ता भएको थियो । सो मुद्दामा बयान दिनको लागि  १२ भदौ ०७६ मा काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले उनी बिरुद्द पक्राउ पुर्जी जारि गरेपनि गुरुङ आफै अदालतमा उपस्थित भएर बयान दिएका हुन् । सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ भन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको थियो। 

के थियो घटना ?

२०७४ को स्थानीय निर्वाचनका बेला दोलखाको गौरीशंकर गाउँपालिका २ को जुँगुमा तत्कालिन एमाले र माओवादी कार्यकर्ताबीच भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।  घटनापछि तत्कालिन एमाले जिल्ला नेतृत्वले पूर्वमन्त्री देवी खड्का, तत्कालिन माओवादीका स्थायी कमिटी सदस्य गंगा कार्की सहित ४० जना विरुद्ध मुद्दा दायर गरेको थियो । 

घटनामा आरोपित बनाईएका मध्ये जुँगु गाउँका विरध्वज खड्कालाई एमाले समर्थक कार्यकर्ताले कुटपिट गरेका थिए   । तिनै खड्काले आफूलाई सांसद गुरुङको निर्देशनमा आक्रमण भएको भन्दै ज्यान मार्ने अभियोगमा जिल्ला अदालतमा काठमाडौंमा मुद्दा दायर गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved