७ घण्टा बयानपछि महरा अदालतमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 05:36:53 PM मा प्रकाशित

laxmi  sunrise bank

यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराईएको छ । आइतबार सरकारी वकिल कार्यालयमा बयान लिएपछि उनलाई काठमाडौँ जिल्ला अदालत लगिएको हो । यस अघि बयान दिन आनाकानी गरेका महरासंग प्रहरीले झन्डै ७ घण्टा  बयान लिएको छ । सरकारी वकिल कार्यालयमा उनको बयान लिईएको हो ।

बयानपछि उनलाई अदालत लागिएको हो जहाँ थुनछेक बहस हुने छ।  महराले यस अघि बयान दिन नमानेको र अनुसन्धान नसकिएकोले उनलाई थप ७ दिन हिरासत मै राख्नको लागि अनुमति माग गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।  उनलाई काठमाडौं जिल्ला अदालतले यस अघि थप ३ दिन हिरासत मै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिदै छ । 

असोज १९ गते पक्राउ परेका महराको स्वास्थ्यमा समस्या आएपछि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।  

महरामाथिको आरोप 

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन्। 

उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। यद्दपी उनले आफ्नो भनाईमा अडान लिन सकेकी छैनन्। पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन्। र, दोस्रो भिडियोमा महरा 'बाबुसमान रहेको' भन्दै महरामाथि लागेका सबै आरोपलाई 'षड्यन्त्र' भनेकी थिइन्।

शाहीले महरा 'बाबुसमान' भनेको अन्तर्वार्ता सार्वजनिक भएपछि पहिलो भिडियो सार्वजनिक गर्ने नेपाली कांग्रेसको मुखपत्रको उपमा पाएको मिडियाले पुन: अर्को भिडियो सार्वजनिक गरेको थियो। जसमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई शाहीले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएको दृश्य देखाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved