ठूलो आवाज निकाल्ने बाइकलाई कारबाही थाल्दै प्रहरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 08:56:46 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण गराउँदै ठूलो आवाज बनाएर मोटरसाइकल चलाउने चालकलाई कारवाही गर्ने भएको छ । ठूलो आवाज बनाएर गुडाउने, गाडीको स्वरुप परिवर्तन गर्ने, लापरवाही रुपमा चलाउनेलाई कारवाही गर्ने अभियान थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम उक्त कार्य कानून विपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ । महाशाखाले मापसे गरेर सवारी चलाउने, लेन मिच्ने तथा अन्य ट्राफिक नियम उल्लङ्गन गर्ने विरुद्ध कारवाही गर्ने अभियान भने जारी रहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved