प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच लामै वार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व छान्ने विषयमा केन्द्रित रहेर तीन नेताबीच छलफल भएको बुझिएको छ ।
छलफलमा नेकपाका उपनेता सुवाचन्द्र नेम्वाङ पनि सहभागी थिए । द्वन्द्वकालीन मुद्दा टुंग्याउने विषयमा कुराकानी भएको नेता नेम्वाङले जानकारी दिए । ‘बैठकमा ठोस निर्णय केही भएन, तर बेलाबेलामा यस्ता छफलफल हुनुपर्छ’ नेता नेम्वाङले भने, ‘ द्वन्द्वकालीन घटनामा पनि विशेष गरी विधेयकबारे छलफल भयो ।’