काश्मिर गोलाबारीमा ज्यान गुमाउने भारतीय सैनिक ‘नेपाली नागरिक’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 02:17:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार भारत र पाकिस्तानको सिमा क्षेत्र जम्मू–कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको मृत्यु भएको छ । गोलाबारीमा परी एक जना नेपाली र अर्का एक जना नेपाली मूलका भारतीय सैनिकको मृत्यु भएको हो । 

गोलीबारीमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिल कुमार श्रेष्ठको ज्यान गएको हो । पदमबहादुर आसामको गोलाघाटका हुन् । जवान गमिलकुमार श्रेष्ठ भने नेपालको पाल्पाका रहेको खुलेको छ । 

गत अगष्ट ५ मा भारत सरकारले जम्मू–कश्मीरलाई विशेष अधिकार दिएको संविधानको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved