प्रधानमन्त्रीलाई गायक शर्माले भने, ‘मलाई सहयोग चाहिँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 05:20:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शमौ ओलीसँग जनवादी गायक जीवन शर्माले भेट गरेका छन् । शर्मालाई आफ्ना छोराको उपचार गर्न आर्थिक अभाव भएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर उनीसँग भेट गरेका हुन् । आइतबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न शर्मा बालुवाटार पुगेका थिए । 

उनका माइला छोरा निर्मल आचार्य अन्न नलीमा हाडले प्वाल पारेपछि उपचाररत छन् । स्वास्थ्य अवस्था बुझेपछि प्रधानमन्त्रीले सरकारको तर्फबाट आवश्यक सहयोग हुने बचन दिएका छन् । ‘छोरालाई जसरी हुन्छ, बचाउनु पर्‍यो । सहयोग चाहिन्छ भने भन्नुहोला’ प्रधानमन्त्रीले शर्मालाई भनेका थिए । तर निकै सादा जीवनका गायक शर्माले तत्काल सहयोग आवश्यक नरहेको प्रतिक्रिया दिएर फर्किएका छन् । 

शर्माले गाएको ‘सिमली छाँयामा बसी भरिया लामो श्वास फेरेको, उमेर भैसक्यो असि झन ठूला दुखले घेरेको’ बोलको गीत जनजनको जिब्रोमा बसेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved