२३ देशको वैज्ञानिक सम्मेलनमा नेपाललाई स्वर्ण पदक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 06:04:27 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा सम्पन्न आठौं एशिया व्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा नेपाली वैज्ञानीकले स्वर्ण पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले स्वर्ण पदक जितेका हुन् । 

नेपालको तर्फबाट सहभागी ९ विद्यार्थीमध्येसाउथवेस्र्टन स्टेट कलेज बसुन्धराका स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका छन् । प्रधानले युज अफ माइक्रो स्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमा आफ्नो प्रस्तुती दिएका थिए । 

अस्मिता स्कुलकी दिक्षा संजेल र काठमाण्डौं मोडेल कलेजका ऋषीकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । 

रुसमायहि अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved