नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 04:23:17 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट तोकिएको समयवधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न आग्रह गर्दै कुनै अनुचित दबाबमूलक माग राखेर पत्राचार नगर्न भनेको छ ।

लागुपदार्थ निषेध र मदिरा नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेर विविध कार्यक्रम सञ्चालनमा ल्याएको सन्दर्भमा त्यसको परिपालना गर्न अग्रह गर्दै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीत–सङ्गीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री वितरण नगर्न नगराउन अनुरोध गर्दछौँ ।”

सो गतिविधि गरेमा प्रचलित कानून अनुसार कारवाही गर्ने व्यवस्था गर्न मातहताका निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यमपञ्चक तिहारको समयमा यात्रुहरुको सहज आवागमनका लागि र सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यान्नको सहज उपलब्धता तथा शान्ति र सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले मातहतका निकायलाई २४सै घण्टा परिचालन गरिएको जनाएको छ । जिल्लागत रुपमा चाडवाड केन्द्रित विशेष सुरक्षा योजना बनाइ लागू गरिसकिएको भन्दै मन्त्रालयले उक्त कार्यमा यातायात व्यवसायी, सञ्चारकर्मीलगायत सबैले सामाजिक उत्तरादायित्व अन्तरर्गत आ–आफ्नो तर्फबाट सेवा पु¥याउन आग्रह गरेको छ । 

प्रहरीले आज मात्र गायक दुर्गेश थापालाई पक्राउ गरी रिहा गरेको छ । उनले गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिएपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो  ।  तिहारका लक्षित उनको यो गीतमा प्रयोग भएका शब्दका कारण दुर्गेश विवादमा तानिएका हुन् ।   ‘ह्याप्पी तिहार, चिसो वियर’, ‘ए निकाल गाँजा, खानुपर्छ आज’ लगायतका केही अंश निकै विवादित बनेका हुन्।  ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश त कानूनी रुपमै विवादमा तानिएको छ । 

हाल त्यो गित युट्युबबाट हटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved