गोली हानी व्यवसायीको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 12:52:08 PM मा प्रकाशित

laxmi  sunrise bank

धनुषामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मा गोली हानी मनोज साहको हत्या भएको हो ।

३५ वर्षीय पंकज भनिने शंकर चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेका हुन्। आफ्नै घरमा पैसा माग्न आएका साहलाई शंकर चौधरीले गोली हानेका हुन् । साह र चौधरी दुवै जना व्यवसायी हुन  ठेक्का पट्टा विवादका कारण घटना भएको प्रहरीले जनाएको छ 

गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । गोली प्रहार गरेका पंकज जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् । प्रहरी हिरासतमा रहेका पंकजको साथबाट प्रहरीले एक थान अटोमेटिक पिस्तोल र त्यसमा लाग्ने गोली १९ थान  र एक थान नलकटुवा  पिस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved