मन्थलीमा १ कप चियाकै सय रुपैयाँ !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 12:55:50 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थलीमा मनपरी पैसा असुल्दै व्यवसाय गर्ने २ जना पक्राउ परेका छन् । रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थल नियमित उडान हुन थालेसँगै खुलेका केही होटल तथा पसलहरुले मनलाग्दी शुल्क लिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो । 

पक्राउ पर्नेमा एभरेष्ट गटवे मिनीमार्टका सञ्चालक जयकृष्ण अधिकारी र टेकर्स ट्रान्जिट क्याफेकी संचालक पासाङ ल्हमु शेर्पा छिन् । 

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार लुक्ला जाने पर्यटकको चाप मन्थलीमा बढेको मौका छोपी केही पसल र होटलले आफूखुशी मूल्य राखी कालोबजारी गरेको पाईएका कारण उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत कारबाही गर्न पक्राउको आदेश दिईएको हो । पक्राउ परेका दुवै जनालाई अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतले मंगलबारै अनुमति दिईसकेको छ । ऐनमा कालोबजारी गर्नेलाई २ लाख ५० हजारसम्म र १ बर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

क्याफेले एक गिलास चियाको १ सय रुपैयाँ, १ बोतल पिउने पानीको ८० रुपैयाँ र ‘भेज’ खानाको ४५० रुपैयाँसम्म लिने गरेको प्रशासनको अनुगमनमा पाईएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved