राष्ट्र बैंकको प्रतिबेदन भन्छ: महँगी बढ्यो, नियन्त्रणमा लेऊ सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 02:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपालमा मुल्य वृद्धि आकासिएको तथ्यांक सार्वजनिक गरेको छ। अघिल्लो महिनाको तुलनामा भदौमा बस्तु तथा सेवाको मुल्य  ६.१६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।  

भदौको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन मुद्रास्फीति ६.१६ प्रतिशत छ जबकी गत आर्थिक बर्षको सोही अवधिमा मुद्रास्फीति ३.८६ प्रतिशत थियो। 

राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ महीनामा खाद्य तथा पेय पदार्थ समुहको मुद्रास्फीति साढे ६ प्रतिशत भनदा माथि छ । यसले सर्वसाधारणको दैनीक उपभोग्य बस्तुको मुल्यवृछि उच्च रहेको देखाउँछ। सोही अवधिमा गैर खाद्य तथा सेवा समुहको मुद्रास्फीति भने ५.८९ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा तरकारी फलफुल माछा मासु तथा मसला लगायत उपसमुहको मुल्यवृद्धि उच्च देखिएको छ। यसलाई आमनागरीक चाडपर्वको बेलामा महंगीको चापमा परेको पुष्टी गरेको छ । 

समीक्षा अवधिमा सबैभन्दा धेरै काठमाडौं उपत्यकमा ७.९ प्रतिशले मुल्यवृद्धि भएको छ। त्यस्तै तराइमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमाली भेगमा ५.०२ प्रतिशले महंगि बढेको छ । यद्यपी गत साउनको तुलनमा भदौमा केही मात्रा भएपनि मुल्यवृद्धि नियन्त्रण भएको देखिन्छ । साउनमा मुद्रस्फीति ६.९५ प्रतिशत रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved