आयात घट्दा भुक्तानी सन्तुलनमा सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 03:50:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आयात तथा निर्यातमा भएको सुधारको कारण नेपालको भुक्तानी सन्तुलनमा पनि सामान्य सुधार भएको छ । चालु आर्थिक वर्षको भदौ महिनामा सोधनान्तर स्थिती ८ अर्ब ८३ करोडले बचतमा रहेको छ । गत वर्षको भदौमा सोधनान्तर स्थिती २५ अर्ब भन्दा माथिले घाटामा थियो । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ मसान्तकोे आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनमा विदेशी विनीमय संचितिमा पनि वृद्धि भएको उल्लेख गरेको छ । गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको विदेशी विनिमय संचिति भदौमा १० खर्ब  ७८ अर्ब ९४ करोड पुगेको छ । अमेरीकी डलरमा भने विदेशी विनीमय संचित घटेको छ । अमेरिकी डलरको तुलनामा नेपाल मुद्रा कमजोर बन्दा डलरमा विदेशी विनीमय संचिति घट्न पुगेको हो । 

मुलुकसंग रहेको विदेशी विनीमय संचिति ८.४ महिनाको बस्तु तथा सेवाको आयात र ९ महिनाको आयातलाई धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल जस्तो मुलुकमा करिब ६ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था रहेमा विनीमय संचिति राम्रो मानिने अर्थविदहरु बताउँछन् । यसलाई आधार मान्ने हो भने मुलुकमा पर्याप्त मात्रामा विदेशी विनीमय संचिति रहेको देखाउँछ । 

मुलुकमा चालु आर्थिक वर्षको २ महिनाको अवधिमा १ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशीक लगानी भित्रिएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब २३ करोड बैदेशीक लगानी आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved